16.8 C
Kalaiya

Sunday, December 7, 2025
spot_img
16.8 C
Kalaiya
Sunday, December 7, 2025

खमवा–मधुवन सडक खण्डको निर्माणाधिन पसाहा पुल बाढीले बगायो

spot_img
spot_img

कलैया,१८ असोज । बाढीले ढलान गर्न ठिक्क पारेको पुल बारामा बगाएको छ।

Advertisement

बाराको कलैया उपमहानगरपालिका १५ स्थित खमवा–मधुवन खण्डमा निर्माणाधिन पुल बगाएको हो। पसाहा नदीमा आएको बाढीले बगाएको छ।

Advertisement

दशैं अघि ढलान गरिसक्ने लक्ष्य सहित सो पुलको निर्माण तीव्र पारिएको हो। यस्को सम्पूर्ण काम सकेर ढलानको अन्तिम तयारी भइरहेका बेला असोज १२ गते पसाहा नदीमा आएको बाढीले पुल बगाएको स्थानीय राधेश्याम सहनीले जानकारी दिए ।

Advertisement

सडक विभागको झण्डै २६ करोडको लागतमा एक सय पाँच मिटर लामो निर्माणाधीन उक्त पुल मेरिना कन्ट्रक्सन/नेशनल इन्स्ट्रक्टर जेभीले ठेक्का लिएको हो।

पुल निर्माण गरिरहेको मेरिना/नेशनल जेभीका बालगोपाल कँडेलका अनुसार ढलान गर्न ठिक्क पारेको पुल बगाउँदा एक करोड भन्दा बढीको क्षति भएको छ।

कलैया उपमहानगरपालिका १५ का वडाध्यक्ष भोरिक यादबले निर्माणाधीन पुल भत्कँदा ठेकेदार कम्पनीले ठुलो नोक्सानी बेहोरेको जनाए। उनले स्थानीयबासीको समेत पुलबाट हिंड्न पाउने समय पछि सरेकोमा दुःखेसो व्यक्त गरे।

कलैया उपमहानगरपालिका र करैयामाई गाउँपालिकाको मधुवन सहजौली जोड्ने उक्त पुल भत्कँदा निर्माण कार्य फेरी लम्बिने भएको भन्दै स्थानीयबासीहरुले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर