Tuesday, June 30, 2026

बारामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

कलैया,२२ भदौ । बारामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा  जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ निवासी ५५ वर्षीय छेवाङ्ग लामा रहेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए । जङ्गलमा बाघको आक्रमणबाट लामाको मृत्यु भएको घटना घाँस काट्न गएका अन्य स्थानीयहरूबाट अस्थायी प्रहरी पोष्ट औराहामा खबर प्राप्त भएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित प्रगतिशिल सामुदायिक वनमा उक्त घटना भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले जानकारी दिए।

सो खबरको साथ प्रहरी हवल्दार  नविन काफ्लेको कमाण्डमा र इलाका प्रहरी कार्यालय  सिमराबाट प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीको कमाण्डमा मुचुल्का सहितको टोलि खटिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर