Friday, June 26, 2026

सवारी दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु

कलैया, ०१ मंसिर । सवारी दुर्घटनामा परी बारामा बिहीबार राति एक जना भारतीय नागरिकको ज्यान गएको छ।

बाराको प्रसौनी गाउँपालिका २ दुधौरापुलमा सो दुर्घटना भएको हो। कलैयाबाट वीरगंज तर्फ जादै गरेको बा.प्र.०१–०३० च ९७५७ नं. को गाडी (ईलेक्ट्रिक) ले विपरित दिशा बाट जादै गरेको तीन चक्के ठेलामा ठक्कर दिदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा भारत जिल्ला मोतिहारी,थाना रक्सौल,कौडिहार टोल बस्ने २९ वर्षीय लक्ष्मण दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएकोमा उपचारको क्रममा बुधबार दासको ज्यान गएको हो। उनको उपचार परवानीपुरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो।

सो दुर्घटनामा परी भारत विहार राज्यको मोतिहारी जिल्लाको पतपरिया मोरान बस्ने २९ वर्षीय मिठु दास घाइते भएका हुन्। उनको उपचार न्यूरो अस्पताल परवानीपुरमा भइरहेको प्रहरीले जनाएको छ।

ईलोक्ट्रीक गाडीका चालक महागढी नगरपालिका वडा नम्बर २ वस्ने २२ वर्षीय शंकरप्रसाद कुशवाहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर