


काठमाडौं,१५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ । आज देखि सुरु हुने खेल आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा कुल ८ टिमले प्रतिस्पर्धा गर्दै छन ।
प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन ।