काठमाडौं, ०८ पुस । नेपाल प्रिमियर लिगको फाइनल खेल जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल बीचको खेल समाप्ति पछि टियु मैदान बाहिर बोल्ट्सका समर्थकलाई कुटपिट र साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने २ जना पक्राउ परेका छन ।
फाइनल खेल समाप्ति पश्चात केहि व्यक्तिहरुले अपमान जनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा बिभिन्न व्यक्तिहरुलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा संचार माध्यम मार्फत र पिडीतहरुको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा घट्नामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरी ले जनाएको छ ।
पक्राउ पर्नेमा डोटि जिल्लाको आदर्श गाउपालिका वडा नं ०२ घर भई हाल कीर्तिपुर-८ पाँगा बस्ने वर्ष २१ को अशोक साउद र डोटि जिल्लाकै दिपायल सिलगढी नगरपालिका वडा नं ०१ घर भई हाल कीर्तिपुर न.पा. ०७ भाजङगल बस्ने बर्ष १९ को गणेश साउद रहेको प्रहरीले जनाएको छ ।
उनीहरु दुबैलाई नियन्त्रणमा लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।