कलैया,१४ पुस । बारा प्रहरीले प्रतिबन्धित लागू औषध ईन्जेक्सन सहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बसमा सवार रौतहटको कटहरिया नगरपालिका ७ बस्ने अन्दाजी २१ वर्षकी मुस्कान कुमारी दास रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा प्रहरी चोकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई लगी रहेको लागू औषध बरामद गरेको छ ।
उनको साथबाट नोरफिन-१२०० पिस इन्जेक्सन ,ड्राइजोपाम-१ हजार दुई सय पिस इन्जेक्सन र फेनारगल-१ हजार दुई सय पिस इन्जेक्सन जम्मा १२ डब्बा ३ हजार ६ सय पिस लागू औषध बरामद गरेको हो ।
उक्त लागू औषध ओसारपसार कार्यमा संलग्न रहेकी महिला समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।