काठमाडौँ,१९ पुस । आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजारले बढेर १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।