


कलैया,१५ माघ । बाराको जीतपुरसिमरा १७ रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होछार महोत्सवमा आज मंगलबार भोजपुरी सुपरस्टार गायक सुनिल पंडित आउदै छन् ।
“राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका आयोजन भईरहेको रामनगर महोत्सवमा भोजपुरी गायक सुनिल पंडितको बेजोड प्रस्तुति गर्न आयोजकले जनाएको छ ।
यसैगरी महोत्सवमा आज नै गायिका एमव् हास्य कलाकार नविना सिलवाल(खुईली) को पनि बेजोड प्रस्तुति रहने जनाईएको छ ।
यस्तै गायक रन्जित लामा, स्थानीय गायक हिरा दोङ र हास्यकलाकार प्रताप हुमागईले समेत महोत्सवमा प्रस्तुति दिने महोत्सवका संयोजक साजन दोङ्गले जानकारी गराएका छन
महोत्सव स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति, रामनगर युथ क्लबको संयुक्त आयोजनामा भईरहेको छ ।
भने महोत्सवको व्यवस्थापन लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रीका तथा महोत्सवको संरक्षका जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेका छन ।