Tuesday, September 15, 2026

भुमी सुधार तथा मालपोत कार्यालय बारामा प्रशासनको छड्के, १७ कर्मचारी अनुपस्थित

Advertisement
Advertisement

बारा,२५ माघ । जिल्ला प्रशासन कार्यालय बाराले भुमी सुधार तथा मालपोत कार्यालय बारामा छड्के अनुगमन गरेको छ । अनुगमनको क्रममा मालपोत अधिकृत सहित १७ जना कर्मचारी अनुपस्थित रहेको पाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलिको छड्के अनुगमनमा मालपोत अधिकृत उदय शंकर चौधरी सहित १७ जना कर्मचारीहरु अनुपस्थित रहेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।

भुमी सुधार तथा मालपोत कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि शुक्रबार प्रमुख प्रशासकीय अधिकृत यादवको नेतृत्वमा छड्के अनुगमन गरिएको भट्टराईले बताए ।

मालपोत अधिकृत चौधरी सहित नायव सुब्बा राजकिशोर चौधरी,रामजी साह,कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादव,खरिदार सुदिप साह,प्रवेज हवारी,दिपेन्द्र चौधरी,प्रविण चौधरी,सहायक कम्प्युटर अपरेटर गणेश कुमार साह,सुर्या दहैत,कार्यालय सहयोगी मुनिलाल हजारा,असेसर प्रसाद यादव,राजकिशोर यादव,चौकिदार श्याम्बाबु यादव,तामेलदार दिनेश कुमार यादव र स्विपर आत्मा देवी डोम अनुपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

अनुगमनको क्रममा प्रशासनले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्‍याउन निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर