Monday, September 14, 2026

गृह मन्त्रालयद्वारा जिल्ला प्रशासन कार्यालयहरूलाई सेवा प्रवाह प्रभावकारी र बिचौलियामुक्त बनाउन निर्देशन

Advertisement
Advertisement Advertisement

बारा, २९ भदौ। गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई सरकारी सेवा प्रवाहलाई बिचौलियामुक्त, छिटोछरितो र प्रभावकारी बनाउन निर्देशन जारी गरेको छ।

सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित परिपत्र अनुसार, कार्यालय वरिपरि बिचौलियाको रूपमा गैरकानूनी रकम असुल गर्ने व्यक्तिहरूमाथि कडा निगरानी राखी कानून बमोजिम कारबाही गर्न भनिएको छ।

साथै, अपाङ्गता भएका व्यक्ति, असक्त, गर्भवती महिला, साना बच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट आउने सेवाग्राहीलाई सेवामा प्राथमिकता दिन निर्देशन दिइएको छ।

उक्त परिपत्र अनुसार नागरिक सहायता कक्षबाट निवेदन तथा फारम, राष्ट्रिय परिचयपत्र र राहदानीका लागि अनलाइन फारम भरिदिने, फोटोकपी, स्क्यान तथा इमेल-प्रिन्ट जस्ता सेवाहरू पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइनेछ।

जिल्लास्थित अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरूसँग समन्वय गरी यी सेवाहरूलाई अझ सहज बनाउने र सूचना तथा कार्यविधिहरू कार्यालयको वेबसाइट तथा सामाजिक सञ्जाल मार्फत नियमित रूपमा अद्यावधिक गर्न मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर