Tuesday, September 15, 2026

आयल निगमको डिजेल चोरी गर्दै गर्दा तीन ट्याङ्कर र एक जना प्रहरी नियन्त्रणमा

Advertisement
Advertisement

बारा, ३० भदौ ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ मा नेपाल आयल निगमको ट्याङ्करबाट गैरकानुनी रूपमा डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडेर पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित उनीहरूलाई मङ्गलबार रङ्गेहात पक्राउ गरेको हो।

प्रहरी टोली पुग्दा घटनास्थलमै दुईवटा ट्याङ्कर फेला परेका थिए भने एक ट्याङ्कर भाग्ने प्रयास गरेपछि पछ्याएर नियन्त्रणमा लिइएको थियो।

हाल पक्राउ परेका व्यक्ति र नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्करबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर