Tuesday, September 15, 2026

भोटेकोशी बाढीः एक हजार ३ सय ९९ शव फेला

Advertisement
Advertisement

बारा, ३० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हराइरहेकामध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयद्वारा सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार फेला परेका शवहरूमा ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अङ्ग रहेका छन्।

बाढीका कारण अझै पनि चार हजार ८९ जना बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेहरूमा दुई हजार ९०७ पुरुष, ५७२ महिला, तथा २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला रहेका छन्।

यस प्रकोपमा परी घाइते भएका ९ हजार २८७ जनाको सकुशल उद्धार गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभएको छ। फेला परेका शवहरूको पहिचान तथा व्यवस्थापनका लागि डिएनए नमुना सङ्कलनलगायतका आवश्यक प्रक्रियाहरूलाई तिब्रता दिइएको छ।

प्रवक्ता काफ्लेका अनुसार हालसम्म एक हजार २३० वटा शवको विधिवत् व्यवस्थापन गरिएको छ भने पहिचान नखुलेका शवहरूलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ। शव पहिचानलाई भरपर्दो बनाउन मृतकका शवबाट एक हजार २८६ र बेपत्ता व्यक्तिका आफन्तबाट एक हजार ८८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि मात्रै सात हजार ९७५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न जिल्लामा स्थापित होल्डिङ सेन्टरहरूमा हाल तीन हजार ४४० जना प्रभावितहरूलाई आश्रय दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर