Wednesday, June 17, 2026

मधेश प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

वीरगन्ज, २७ माघ । मधेश प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न भएको छ । भोजपुरी प्रतिष्ठान (वीरगंज महानगरपालिका) र नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभागको सह-कार्यमा शनिवार मधेश प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ वीरगन्जमा सम्पन्न भएको हो ।

वीरगन्जको त्रिजुद्ध माविमा भोजपुरी प्रतिष्ठानकि अध्यक्ष अनिता साहको अध्यक्ष्तामा भएको काव्य सङ्गोष्ठीमा प्रदेशको विभिन्न जिल्लाबाट सहभागी कवयित्रीहरुको शानदार प्रस्तुतिले महिलाहरू भान्सा र घरको काममा मात्र सिमित रहेको भ्रमलाई फेरि पनि तोडने काम गरेको गरेको वक्ताहरुको कथन रहेको थियो ।

कवयित्रीको रुपमा सर्लाहीबाट सुमित्रा आचार्य, महोत्तरीबाट मञ्जु मञ्जुभाषिणी, सप्तरीबाट मिन्टु पटेल, रंजना झा, धनुषाबाट पूनम झा “मैथिली”, रौतहटबाट रेणुका जि सी, बाराबाट रीता चौधरी, सीता अधिकारी, राज श्री, पर्साबाट अनु कुमारी मेहता, मंजु कुमारी कोइराला, सीता शर्मा पन्थी, अस्मिता पटेल, उर्मिला गिरी, सानिया हाडाले कविता वाचन गर्नुभएको हो ।

प्रज्ञा-प्रतिष्ठान (काव्य/पद्य) विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख संध्या पहाडी, भोजपुरी प्रतिष्ठान वीरगंजको सल्लाहकार गोपाल अश्क, प्रमोद पाण्डे, वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, भोजपुरी प्रतिष्ठान बाराको अध्यक्ष रामप्रसाद साहका साथै विभिन्न क्षेत्रबाट साहित्य प्रेमीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर