30.3 C
Kalaiya

Sunday, July 13, 2025
30.3 C
Kalaiya
Sunday, July 13, 2025

spot_img

नाबालिकालाई दबाब दिई अनुचित लाभ लिन खोज्ने व्यक्ति पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

बारा,०१ फागुन । नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन।

Advertisement
Advertisement

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवर रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाई फकाईफुल्याई अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न वाध्य पारी स्क्रिन रेकर्ड गरी अनुचित लाभ लिन खोजेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुँवरलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कुँवर माथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर