Sunday, June 28, 2026

राम्रो काममा लगाईदिने भनि बेश्यावृत्ति गराउने २ जना पक्राउ, ४ जना महिलाको उद्दार

कलैया, ०२ फाल्गुन। मानव बेचबिखनमा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ बस्ने ४५ वर्षिय गिनिलाल गुप्ता र भारतको पुर्वी चम्पारन थाना नकरदेही ग्राम भवानीपुर वडा नं ६ बस्ने ४० वर्षिय जयप्रकाश साह रहेका छन्।

उनीहरुले वीरगन्ज महानगरपालिका वडा नं १५ मा संचालनमा रहेका होटलहरूमा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरुसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्यावृत्ति गराउने गर्थे।

उनीहरु होटल स्मार्ट २ र न्यु शान्ति सैनिक होटलबाट पक्राउ गरिएको थियोे। यस्तै प्रलोभनमा परेका ४ जना महिलालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

पक्राउ परेका गुप्ता र साह माथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कसुरमा थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर