Saturday, July 4, 2026

यस्तो छ बाराको १६ वटै पालिकाको कार्यसम्पादन मूल्यांकन

बारा, ०३ फागुन। बाराको प्रसौनी गाँउपालिकाको कार्यसम्पादन जिल्लाभरकै उत्कृष्ट रहेको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा प्रसौनी गाँउपालिकाले ६२.४ अंक पाएको हो । यो अंक जिल्लाभरको १६ पालिका मध्ये सबैभन्दा उत्कृष्ट हो। त्यस्तै कार्यसम्पादन मूल्यांकनमा जिल्लाभरकै सबैभन्दा कमजोर सिम्रौनगढ नगरपालिका रहेको पाइएको छ । सिम्रौगढले २९ अंक पाएको हो । आयोगले विभिन्न १७ वटा सूचकमा मूल्यांकनमा गर्ने गरेको छ।

परवानीपुर गऔपालिकाले ६१.५, कलैया उपमहानगरपालिकाले ५८.१, निजगढ़ नगरपालिकाले ५६.३, देवताल गऔपालिकाले ५४, करैयामाई गाँउपालिकाले ५१.५, महागढिमाई नगरपालिकाले ५१.४ र बारागढि गाँउपालिकाले ५० अंक पाएको छ।

जिल्लाको अन्य पालिकाले १०० अंकमा आधा समेत कटाएका छैन्न । सुवर्ण गाँउपालिकाले ४८.१, जितपुरसिमरा उपमहानगरपालिकाले ४४, फेटा गाँउपालिकाले ४२.५, विश्रामपुर गाँउपालिकाले ४२, कोल्हवी नगरपालिकाले ४०, आदर्शकोतवाल गाँउपालिकाले ३८.१, पचरौता नगरपालिकाले ३७ अंक पाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर