बारा, ०३ फागुन। बाराको प्रसौनी गाँउपालिकाको कार्यसम्पादन जिल्लाभरकै उत्कृष्ट रहेको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा प्रसौनी गाँउपालिकाले ६२.४ अंक पाएको हो । यो अंक जिल्लाभरको १६ पालिका मध्ये सबैभन्दा उत्कृष्ट हो। त्यस्तै कार्यसम्पादन मूल्यांकनमा जिल्लाभरकै सबैभन्दा कमजोर सिम्रौनगढ नगरपालिका रहेको पाइएको छ । सिम्रौगढले २९ अंक पाएको हो । आयोगले विभिन्न १७ वटा सूचकमा मूल्यांकनमा गर्ने गरेको छ।
परवानीपुर गऔपालिकाले ६१.५, कलैया उपमहानगरपालिकाले ५८.१, निजगढ़ नगरपालिकाले ५६.३, देवताल गऔपालिकाले ५४, करैयामाई गाँउपालिकाले ५१.५, महागढिमाई नगरपालिकाले ५१.४ र बारागढि गाँउपालिकाले ५० अंक पाएको छ।
जिल्लाको अन्य पालिकाले १०० अंकमा आधा समेत कटाएका छैन्न । सुवर्ण गाँउपालिकाले ४८.१, जितपुरसिमरा उपमहानगरपालिकाले ४४, फेटा गाँउपालिकाले ४२.५, विश्रामपुर गाँउपालिकाले ४२, कोल्हवी नगरपालिकाले ४०, आदर्शकोतवाल गाँउपालिकाले ३८.१, पचरौता नगरपालिकाले ३७ अंक पाएको छ।