Wednesday, September 16, 2026

रसुवा बाढीमा सम्पर्कविहीन सुभाष पटेलको २१ दिनपछि कुशको शव बनाएर दाहसंस्कार

Advertisement
Advertisement

बारा, ३१ भदौ । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका बाराको कलैया उपमहानगरपालिका-२३ निवासी सुभाष पटेलको २१ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।

गाडी बनाउनका लागि सीमा क्षेत्रतर्फ गएका पटेल बाढी आएको समयदेखि सम्पर्कविहीन भएका थिए। उनीसँग परिवार तथा आफन्तले विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेको थिएन।

लामो समयसम्म खोजी गर्दा समेत पटेलको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले हिन्दू धार्मिक परम्पराअनुसार कुशको शव बनाएर २१ दिनपछि दाहसंस्कार गरेको हो।

पटेल सम्पर्कविहीन भएपछि परिवारले उनको तस्बिर सार्वजनिक गर्दै देख्ने वा भेट्ने जोकोहीलाई सम्बन्धित फोन नम्बरमा सम्पर्क गरिदिन अनुरोधसमेत गरेको थियो।

तर, लामो समयसम्म पनि पटेलको अवस्था यकिन हुन नसकेपछि परिवारले कुशको शव बनाएर धार्मिक परम्पराअनुसार दाहसंस्कार गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर