Wednesday, September 16, 2026

बारामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

Advertisement
Advertisement

बारा, ३० भदौ। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मंगलबार राति करिब ८ः३० बजे वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत ऐरोटेक ग्यास कम्पनीबाट पूर्वतर्फको सर्भिस लेन हुँदै एक्सप्रेस–वेमा प्रवेश गरिरहेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक र पछाडि सवार पुरुष गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइएकोमा चिकित्सकले राति ९ः१० बजे मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ नगवा निवासी करिब ३५ वर्षीय रविन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ निवासी करिब ३० वर्षीय दिलीप चौधरी रहेका छन्। मोटरसाइकल चालकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक दुवैको शव नारायणी अस्पतालमै राखिएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा सोकोसहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले ट्रक र त्यसका चालक चितवनको भरतपुर महानगरपालिका–७ बस्ने करिब ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ। ट्रक र चालकलाई प्रहरी चौकी परवानीपुरमा राखिएकोमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल भने इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर