Sunday, July 19, 2026

अदालत अगाडी नै पर्सा जिल्ला बार एशोसिएसनको ब्रहमलुट

वीरगन्ज, ०४ फाल्गुन। पर्सा जिल्ला बार एशोसिएसनले पर्सा जिल्ला अदालत अगाडी नै विद्यार्थीहरुबाट ७० लाख‌ रुपैयाँ लुट्न लागेको गुनासो आएको छ।

पर्सा जिल्ला अदालतले पौष २३ गते लेखापढी व्यवसायीको प्रमाणपत्रको लागि आवेदन खोलेको थियो। सो परीक्षा फारम बापत अदालतले ११० रुपैयाँ दस्तुर तोकेको थियो। तर एशोसिएसनले आफ्नो मनपरी ढंगले एउटा विद्यार्थीबाट थप २ हजार लुटि रहेको आवेदन फारम भरेका एकजना विद्यार्थी विकाश पटेलले गुनासो गरेका छन्।

एशोसिएसनले लिइरहेको पैसाको हिसाब गर्दै उनी भन्छन्, “लेखापढीको लागि अन्दाजी ३ हजार ५ सय विद्यार्थीहरुले आवेदन दिएका छन्। प्रत्येक विद्यार्थी २ हजारको दरले लिँदा पुरै विद्यार्थीबाट एशोसिएसनले ७० लाख रुपैयाँ अबैध उठाउने छ।”

एशोसिएसनले लेखापढी व्यवसायीले पालन गर्ने आचारसंहिता लगायतका विभिन्न अभिमुखीकरण कार्यक्रम संचालन गर्ने भनेर २ हजार शुल्क तोकेको पर्सा जिल्ला बार एशोसिएसनकी सचिव मुमताज अहमद द्वारा जारी सुचनामा उल्लेख छ।

अभिमुखीकरण कार्यक्रममा के हुन्छ भनेर हामीले सोध्दा, “एकदिन अभिमुखीकरण कार्यक्रम गरिने छ, त्यसमा किताब दिइने छ र प्रमाणपत्र पनि दिइनेछ।” एकजना अधिवक्ता बताए। यति कार्यक्रमको लागि ७० लाख रुपैयाँ खर्च लाग्छ भनेर उनले प्रश्न गर्दा अधिवक्ताले उत्तर दिन चाहेनन्।

पैसा नहुने धेरै विद्यार्थीहरुलाई प्रवेश पत्र नै नदिई फर्काइएको थियोे। “बिना पैसा प्रवेश पत्र दिइने छैन। अभिमुखीकरण तालीम लिनुस् या नलिनुस् तर २ हजार पैसा तिर्नैपर्छ” प्रवेशपत्र बाडिरहेकी ब्यक्तिले भनिन् ।

“घरमै तयारी गर्छु भन्नेसँग पनि एशोसिएशनले जबरजस्ती शुल्क उठाइरहेको छ । प्रवेश पत्र नै नदिएपछि अधिकांशले बाध्य भएर पैसा तिरिरहेका छन् । म कानुन नै पढेको विद्यार्थी भएकोले कक्षा नलिने भने । उहाँहरुले अनिवार्य अभिमुखीकरण कार्यक्रम लिनुपर्ने भन्दै हुनुहुन्थ्यो । मैले पैसा तिर्दिन् भनेपछि उहाँहरुले यहाँबाट जानुस् भन्दै हप्काउनुभयो । अनि मैले बाध्य भएर २ हजार हजार रुपैयाँ तिरे’’ अर्की एक परीक्षार्थीले भनिन् ।

यता, अन्यले पनि त्यस्तै गुनासो पोखिरहेका थिए । अर्काेले भने,‘यो त एशोसिएशनको ब्रहमलुट नै हो । अभिमुखीकरणका नाममा त्यसरी पैसा लिन पाइँदैन् । कानुनमा पनि यो कुरा कतै उल्लेख छैन् । जागिर खानका लागि लाइसेन्स लिन खोजेकासँग यसरी पैसा लिनु गैरकानुनी हो । तालिम लिने- नलिने त्यो परीक्षार्थी स्वःईच्छाको कुरा हो ।’

एशोसिएसनले फरक फरक दर्ता नम्बर भएका विद्यार्थीहरुलाई ४, ५, ६, ८ र ९ गते ५ दिनमा ७० लाख रुपैयाँ उठाउने छ।

अभिमुखीकरण कार्यक्रम अनिवार्य होइन:

एकजना अधिवक्ताले अभिमुखीकरण कार्यक्रम अनिवार्य नभएको जनाएका छन् । आवश्यक पर्नेले मात्र कक्षा लिन सक्ने उनले बताए।
‘अभिमुखीकरण कार्यक्रमअनिवार्य होइन । लिने–नलिने उहाँहरुकै कुरा हो । उहाँहरुले नबुझ्नुभएको हुनसक्छ । पहिलेपनि परीक्षा दिइसकेकालाई त अप्ठेरो हुँदैन । नयाँ परीक्षार्थीको सहजताका लागि उक्त कार्यक्रम सञ्चालन गरिन्छ।” उनले भने।


प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर