Wednesday, July 8, 2026

दुई बालिकाको डुबेर मृत्यु

रौतहट,७ फागुन । रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ। घरकोनजिकै रहेको अरूवा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

 डुबेर अशक्त भएकी उनको नेश्‍नल अस्पताल विजयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो। यसैगरी रौतहट, माधव नारायण नगरपालिका-४ बिशुनपुर्वाकी १४ महिनाकी छोरी श्रृष्टि कुमारीको बाल्टिनको पानीमा डुबेर मंगलबार बेलुका मृत्यु भएको छ।

डुबेर अशक्त भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो। दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर