Tuesday, October 6, 2026

गृहमन्त्री गुरुङको चेतावनी : संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन, कठघरामा ल्याइन्छ

Advertisement
Advertisement

बारा, २० असोज । गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत कुनै पनि अधिकारी वा कर्मचारीले पदीय मर्यादा नाघेर अनाधिकृत व्यक्तिलाई सूचना चुहाएमा कडा कारबाही गरिने चेतावनी गृहमन्त्री सुधन गुरुङले दिएका छन्।

सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा निलम्बन गरिएलगत्तै सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले यस्तो कडा चेतावनी दिएका हुन्। 

गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कसैको व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्। पदले सूचनामा पहुँच दिलाए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नदिने उल्लेख गर्दै उनले निकायहरूमा प्राप्त हुने सानाभन्दा साना सुराक र गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यका गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने बताएका छन्।

उनले भने, ‘यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।’

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गरी आफ्नै देश र सङ्गठनप्रति गद्दारी गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नदिई कानूनको कठघरामा ल्याइने उनको प्रतिबद्धता छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर