बारा, २० असोज । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका कारण विद्युतीय कारोबार सम्बन्धी कसुरमा पक्राउ परेका प्रसाईंविरुद्ध अदालतमा अभियोग दर्ता गरिएको थियो।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मङ्गलबार (असोज २० गते) प्रसाईंसँग दुई लाख रुपैयाँ धरौटी लिएर तारिखमा छाड्न उक्त आदेश जारी गरेको हो।






