25 C
Kalaiya

Thursday, September 18, 2025
spot_img
25 C
Kalaiya
Thursday, September 18, 2025

बाराका मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

spot_img
spot_img

बारा,८ फागुन। एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई किनबेच गर्ने प्रकरणमा संलग्न बाराको मालपोत र नापी कार्यालयका अधिकृत सहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement

अख्तियारले मालपोत कार्यालय, बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय, बाराका तत्कालीन नापी अधिकृत तथा हाल अवकाशप्राप्त दिनानाथ मिश्र, तत्कालीन सर्वेक्षक तथा हाल नापी कार्यालय, पर्सामा कार्यरत शिवबालक साह, तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, जितपुरसिमरा–१३ का लेखापढी व्यवसायी जयलाल सहनी, वडा नं. १५ बस्ने जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Advertisement

बाराको साविक डुमरवाना गा.वि.स. वडा नं. ६ क को क्षेत्रफल ज.बि. ०-१-० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-३-१० कायम गरी मिलेमतोमा बिक्रि गरेको पाइएको अख्तियारले अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ। त्यस्तै क्षेत्रफल ज.बि. ०-२-१० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-६-० कायम गरी नापी कार्यालय,बारा र मालपोत कार्यालय,बारा समेतको मिलेमतोमा श्रेस्ता पूर्जा तयार गरी ठगी गरेको अनुसन्धानको क्रममा देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार प्रत्येक प्रतिवादीलाई एक लाख पचास हजार रुपैयाँ जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर