Wednesday, September 23, 2026

वीरगञ्जमा लागूऔषध सहित दुई जना पक्राउ

Advertisement
Advertisement

बारा, ०७ असोज । वीरगञ्जबाट लागू औषध ब्राउन सुगर र अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागू औषधको खरिद-बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जको संयुक्त टोलीले गएराति उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा पर्साको छिपहरमाई गाउँपालिका-२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका-६ माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्। वीरगञ्ज महानगरपालिका-१५ स्थित चालीस फिट्टे सडकखण्डमा बिआर०५ बिएल १६८० नम्बरको अपाचे मोटरसाइकलमा सवार भई जाँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा पेन्टको खल्तीमा लुकाइराखेको १५४ ग्राम ब्राउन सुगर फेला परेको थियो।

त्यसपछि पक्राउ परेका पटेलको घरमा खानतलासी गर्दा थप ११ ग्राम ५९ मिलिग्राम अफिमसहित फेला परेको प्रहरीले जनाएको छ।

मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको पर्सा प्रहरी प्रवक्ता एवम् डीएसपी चक्र बहादुर मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर