Wednesday, September 23, 2026

सिमरामा सर्पदंश उपचार केन्द्र सञ्चालन अनुमति: दुई बालिका गुमाएपछि जागेको आशा

Advertisement
Advertisement

बारा, ०७ असोज। जितपुर सिमरा उपमहानगरपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति प्राप्त भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सिमरा अस्पताल सर्पदंश उपचार केन्द्रलाई सेवा सञ्चालनका लागि आधिकारिक प्रमाण-पत्र प्रदान गरेको हो।

केही महिनाअघि मात्रै जितपुर सिमरा उपमहानगरपालिकाका दुई कलिला नानीहरू—सुप्रिया दोङ र दियनशी राना मगरको सर्पदंशका कारण असामयिक मृत्यु भएको थियो। समयमै उचित उपचार नपाउँदा ती बालिकाहरूले ज्यान गुमाउनु परेपछि स्थानीय स्तरमा भरपर्दो उपचार केन्द्रको अभावलाई लिएर चौतर्फी चिन्ता र आक्रोश व्यक्त भइरहेको थियो।

सोही दुःखद घटना र स्थानीयको मागलाई सम्बोधन गर्दै महाशाखाले अनुगमन पश्चात् ‘सर्पदंश उपचार केन्द्र सञ्चालन सम्बन्धि मापदण्ड, २०७७’ को दफा ६ बमोजिम यो अनुमति पत्र जारी गरेको हो। महाशाखाका निर्देशक डा. अनुज भट्टचनद्वारा प्रमाणित गरिएको यस अनुमति पत्रसँगै अब स्थानीय नागरिकले सर्पदंशको उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।

यो केन्द्र सञ्चालनमा आएसँगै सुप्रिया र दियनशी जस्ता कलिला नानीहरूले फेरि अकालमा ज्यान गुमाउनु नपर्ने र यस क्षेत्रका बासिन्दाले समयमै आकस्मिक उपचार पाउने आशा पलाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर