28.8 C
Kalaiya

Monday, June 16, 2025
28.8 C
Kalaiya
Monday, June 16, 2025

spot_img

मलद्वारमा लुकाएर ल्याएको झन्डै चार किलो सुन बरामद, ३ जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं,१५ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ।

Advertisement
Advertisement

बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् । उनीहको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको थियो।

तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको बताइएको छ। तर पुरूषको साथबाट भने केही बरामद नभएको प्रहरीले बताएको छ। अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर