Wednesday, August 5, 2026

पौडी खेल्ने क्रममा बाराका एक युवकको डुबेर मृत्यु

कलैया, २९  असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा बाराका एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१ निवासी हाल काठमाडौँ माइतीघर बस्दै आएका १८ वर्षीय प्रणय गुप्ता रहेका छन ।

गुप्ता शनिबार बिहान काठमाडौँबाट साथीहरूसहित घुम्नका लागि मार्खु क्षेत्रतर्फ गएका थिए। त्यही क्रममा दिउँसो मार्खु खोलामा पौडी खेल्ने क्रममा उनी एक्कासि बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार, घटनाको जानकारी मिल्नेबित्तिकै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको नेतृत्वमा उद्धार टोली खटिएको थियो।

अन्य सुरक्षा निकायको सहयोगमा गरिएको खोजी कार्यपछि शनिबार साँझ उनको शव खोलाकै झरनाको खोँचमा फेला परेको डिएसपी थापाले जानकारी दिए। गुप्ता ललितपुरस्थित युनाइटेड कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर