30.3 C
Kalaiya

Sunday, July 13, 2025
30.3 C
Kalaiya
Sunday, July 13, 2025

spot_img

बाराको होटलमा प्रहरीको छापा, ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

बारा, १९ फागुन । बारामा लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय पक्राउ परेका छन। पक्राउ पर्नेमा भारत बिहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने ३० वर्षीय रन्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सन्जीवकुमार राम रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिएका छन।

Advertisement
Advertisement

प्रहरी प्रवक्ता पाण्डितका अनुसार सोमबार दिउँसो अढाई बजे इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले सिमरास्थित राज होटलको कोठा नम्बर १०६ मा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको हो।

ब्राउन सुगरसहित पक्राउ परेका तीनै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर