Sunday, August 9, 2026

बाराको होटलमा प्रहरीको छापा, ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

बारा, १९ फागुन । बारामा लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय पक्राउ परेका छन। पक्राउ पर्नेमा भारत बिहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने ३० वर्षीय रन्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सन्जीवकुमार राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिएका छन।

प्रहरी प्रवक्ता पाण्डितका अनुसार सोमबार दिउँसो अढाई बजे इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले सिमरास्थित राज होटलको कोठा नम्बर १०६ मा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको हो।

ब्राउन सुगरसहित पक्राउ परेका तीनै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर