32.9 C
Kalaiya

Sunday, July 13, 2025
32.9 C
Kalaiya
Sunday, July 13, 2025

spot_img

बारामा अफिमसहित दुई जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

बारा, २१ फागुन।  बारामा अफिमसहित दुई जना पक्राउ परेका छन।

Advertisement
Advertisement

हेटौंडाबाट वीरगन्तर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाइकललाई  मंगलबार अमलेखगन्ज चौकमा चेकजाँच गर्दा सिटमुनी लुकाएर राखेको अढाइ किलो अफिम बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए।

Advertisement
Advertisement

मोटरसाइकल चालक  चितवन कालिका नगरपालिका-३ का ५० वर्षीय सञ्चलाल वाइबा र पछाडि सवार  हेटौडा उप-महानगरपालिका-३ का ४८ वर्षीय हिरालाल वाइबा पक्राउ परेको पण्डितले जानकारी दिए।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले सूचनाको आधारमा मोटरसाइकललाई चेकजाँच गरेको थियो।

उनीहरु दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर