कलैया, २३ फागुन। बाराको कलैया उपमहानगरपालिका वडा नं १४ बघवनमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
महागढीमाई नगरपालिका बरियारपुरबाट कलैयातर्फ आउदै गरेको ना ६ ख ५०६७ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर गम्भिर घाइते भएका एकजनाको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा रौतहटको बिजयपुर लक्ष्मिनिया नगरपालिका वडा नं ५ बरगिनिया बस्ने अन्दाजी ३५ वर्षिय अनिल प्रसाद यादव रहेका छन्। मृतक यादवको शव कलैया अस्पतालको शव गृहमा राखिएको बारा प्रहरीले जनाए
को छ।