21.3 C
Kalaiya

Friday, March 21, 2025
21.3 C
Kalaiya
Friday, March 21, 2025

spot_img

कुलमानलाई महावीर पुनको सुझाव- दुख दिने मन्त्रीको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्नुस्

spot_img
spot_img

काठमाडौँ, २३ फागुन । महावीर पुनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई आफुलाई दुख दिने उर्जामन्त्री दिपक खड्काको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै महावीर पुनले कुलमानलाई यस्तो सुझाव दिएका हुन् ।

उनले कुलमानलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई आफुले माइनस ९९ नम्बर दिने बताउदै त्यस्ता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउने उल्लेख गरेका छन् ।

उनले भनेका छन्-

कुलमान घिसिङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले -९९ अर्थात माइनस ९९ नम्बर दिन्छु । त्यसता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउँछन । अनी आफुलाई दुख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर