Saturday, June 27, 2026

राजावादी सक्रिय भएपछि माओवादीको बारामा हुने भनिएको जागरण अभियान स्थगित

बारा, २४ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ स्थगित गरेको छ । बारा जिल्लामा भोलि आइतबार हुने जनसंपर्क, जनसभा तथा जागरण अभियानका सम्पुर्ण कार्यक्रमहरु स्थगित भएको हो ।

पछिल्ला दिनहरुमा राजावादीहरु सक्रिय भएको र घटनाक्रमलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने भएकाले केही दिनका लागि अभियान स्थगित गरिएको बताइएको छ । पार्टीका एक नेताले बारा अपडेट संग कुराकानी गर्दै भने, “अध्यक्ष ज्यु आज नै सबै कार्यक्रम स्थगित गरेर काठमाडौंको लागी प्रस्थान गर्नु भएको छ।”

फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको माओवादीको जागरण अभियान आज रौतहट पुगेको थियो । आजै राती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बारा आउने र भोलि देखि आफ्नो कार्यक्रम गर्ने तालिका थियो।

यस अघि आज दिउसो नै माओवादी केन्द्रका शिर्ष नेताहरु बारा आइसकेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निष्कर्ष निकालेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर