Saturday, July 18, 2026

६ किलो चरेससहित तीन जना पक्राउ

बारा, २६ फागुन। चरेससहित पर्साबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना बारा जिल्ला र अन्य पर्साकै रहेका छन।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-२ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह र वीरगन्ज महानगरपालिका-११ का २३ वर्षीय रवि चौधरी रहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

वीरगन्ज महानगरपालिका-१५ ब्रहमचोकबाट फागुन २४ गते राति साढे १० बजे तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरु तीनजनाले भाडामा लिएर बसेको कोठामा खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा पहेंलो प्लाष्टिक भित्र लागु औषध चरेश जस्तो देखिने पदार्थ १५ पोकामा ६ किलो ५ सय ९० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर