Sunday, August 9, 2026

बारा प्रहरीद्वारा अफिम खेती नष्ट

बारा, २६ फागुन । बारामा विभिन्न क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्लाको आदर्शकोतवाल गाउपालिका वडा नम्बर ५ टेडाकट्टी स्थित खेतबारीहरूमा लुकाई छिपाई अबैध रुपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो।

प्रहरीका अनुसार बिभिन्न ८ ठाँउमा गरी ३ कट्ठामा लगाइएको करिब ३० हजार बोट अफिमको फडानी गरिएको छ।

इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरिक्षक ध्रुवनारायण श्रेष्ठ र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श जयनगरबाट प्रहरी नायब निरिक्षक तुलसी राज पोखरेलको कमाण्डमा खटिएको संयुक्त टोलीले अफिम खेती प्रहरीले नष्ट गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर