22.7 C
Kalaiya

Tuesday, March 18, 2025
22.7 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

बन्द कोठाभित्र कलैयाको सार्वजनिक सुनुवाई, ३० जनाको उपस्थितिमा २ लाख खर्च

spot_img
spot_img

कलैया, २९ फागुन । सार्वजनिक सुनवाई जस्तो कार्यक्रम समेत बन्द कोठामा भइरहेको छ । सुशासन,पारदर्शिता, जवाफदेहिता कलैया उपमहानगरको प्रतिबद्धता भन्ने नाराका साथ भएको सार्वजनिक सुनवाई कार्यक्रम बन्द कोठा भित्र भएको छ ।

बाराको कलैया उपमहानगरपालिकाले फागुन २५ गते कलैया उपमहानगरपालिका वडा नम्बर १४ को बघवनमा सार्वजनिक सुनवाई कार्यक्रम बन्द कोठाभित्र गरेको हो।

नगरस्तरीय योजना अन्तर्गत २ लाख रुपैया बजेट रहेको यो सार्वजनिक सुनुवाई कार्यक्रममा ३० जनाको उपस्थितिमा नाटकीय रुपमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविन,प्रमुख प्रशासकीय अधिकृत नाथु साह,केही वडा अध्यक्ष, केही वडा सदस्यहरुको मात्र उपस्थिति रहेको थियो। सो कार्यक्रममा कर्मचारी,शिक्षक,दुई जना पत्रकार,केही एनजिओकर्मी र २–४ जना वडाध्यक्षका नजिकका व्यक्तिहरुको उपस्थितिमा भएको स्रोतले जानकारी दिएको छ ।

सार्वजनिक सुनवाई भनेको खुल्ला ठाउँमा र नागरिकहरुलाई जानकारी दिएर गर्नुपर्ने हो। सार्वजनिक सुनुवाई गर्नुपुर्व १५ दिन अगाडि देखि सूचना प्रवाह वा प्रचारप्रसार गरेर आयोजना गर्नुपर्ने कानुनी प्रावधान भएपनि प्रकृया पुरा गर्न र काजगी सार्वजनिक सुनुवाई मात्र भएको कलैयाका समाजसेवी अगुवाको तर्क छ ।

सुशासन र पार्दशिताको हिमायति गफ दिने कलैया उपमहानगरपालिकाका जनप्रतिनिधीहरुको गराई र भनाई फरक भएको देखिन्छ । मोटो रकम खर्च गरेर थोरै सहभागीतामा बन्द कोठाभित्र सार्वजनिक सुनुवाई गर्नु नितीगत भ्रष्टचार गन्ध आएको आशंका उव्जाएको छ ।

यता यस विषयमा कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साहसंग ९८५५०४९१११ मा सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ रहेको पाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर