26.9 C
Kalaiya

Tuesday, April 22, 2025
26.9 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

बारामा एसईई परिक्षामा चिट चोर्न लगाउने दुई निरीक्षक पक्राउ

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया,०८ चैत । बारामा एसईई परीक्षामा पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा चिट चोराउने दुई निरीक्षक पक्राउ परेका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -५ मा रहेको पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा मोबाइलबाट परीक्षार्थीलाई चिट चोराउने दुई निरीक्षक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा निरीक्षक रन्जु कुमारी र सोरख यादव रहेको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन् ।

सहायक प्रजिअ भट्टराईको नेतृत्वमा खटिएको टोलिले दुर्गा नमुना माध्यमिक बिधालयका बिद्यार्थी करिश्मा कुमारी र निरीक्षक सौरब यादवको दुईवटा मोबाइल परिक्षा केन्द्रबाट बरामद गरेको छ ।

पन्ना देवी स्कुलको कोठा नम्बर ७ मा रहेको दुर्गा नमूना माध्यमिक बिधालयका करिश्मा कुमारीको मोबाइलबाट प्रश्नपत्र आउट गरि सबै प्रश्नको उत्तर पठाउने गरेको पाईएको सहायक प्रजिअ भट्टराईले बताएका छन् ।

उक्त दुबै निरीक्षकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्यका लागी जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर