कलैया,१० चैत । स्थानीय तहहरुले नयाँ सवारी खरिद गर्दा अर्थ मन्त्रालयको पुर्व स्वीकृति लिनुपर्ने प्रावधान छ ।
अर्थ मन्त्रालयले नयाँ सवारी खरिद गर्दा मन्त्रालयको स्वीकृती लिन निर्देशन नै जारी गरेको थियो। तर बाराको कलैया उपमहानगरपालिकाले भने मन्त्रालयको उक्त निर्देशनलाई वेवस्था गर्दै करोडौ मूल्यको गाडी खरिद भएको छ ।
कलैया उपमहानगरपालिकाले नगर प्रमुख चढ्ने प्रयोजनका लागिभ भनेर एक करोड १५ लाखको चारपाँग्रे गाडी खरिद गरेको छ ।
उपमहानगरपालिकाले समानीकरण अनुदान शीर्षकमा स्थानीय तहमा जाने बजेटबाट महिन्द्राको स्कोर्पियो ‘एन’ मोडेलको “फोर एक्स पिएलओआर“ चारपाँग्रे गाडी खरिद गरेको छ ।
पालिकामा प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढने अलग अलग तीनवटा गाडी चालु अवस्थामा छ । तर पनि करोडौको गाडी खरीद भएपछि अहिले नगर प्रमुख र जनप्रतिनिधिहरु प्रति भद्दा टिप्पणी शुरु भएको छ । यो विषय उठान भएसंग जनप्रतिनिधीहरु जनता सेवामा भन्दा पनि आफ्नो सुख सुविधामा बढी ध्यान दिएको आरोप लगाईरहेका छन ।
यसैविषयमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहसंग बुझ्दा उहाले नगरपालिकामा कामको चाँप धेरै भएकोले आवश्यक्तालाई हेरेर गाडी खरिद गरिएको बताएका छन । उनले अर्थ मन्त्रालयले संघको कार्यालयलाई मात्र रोकेको जनाउँदै स्थानीय तहलाई गाडी खरिद गर्न नरोकेको बताएका छन ।
अर्थ मन्त्रालयले गत साउन महिना मै आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको थियो। मन्त्रालयले जारी गरेको मार्गदर्शन अनुसार अत्यावश्यक अवस्थामा नयाँ सवारी साधन खरिद गर्नुपर्ने भएमा अर्थ मन्त्रालयको अनिवार्य पूर्व सहमति लिनुपर्ने उल्लेख छ ।
मन्त्रालयले मर्मत सुधार गर्दासमेत सञ्चालनमा नआउने सवारी साधन, फर्निचर, कम्प्युटर, ल्यापटपलगायतका सामाग्रीहरू अनिवार्य रूपमा छ महिनाभित्र लिलाम बिक्री गरिसक्न पनि प्रावधान उल्लेख गरेको छ । तर कलैया उपमहानगरपालिकाले मन्त्रालयको मार्गदर्शन विपरित सवारी साधान खरिद गरेको छ ।
अहिले अर्थ मन्त्रालयले मात्र होईन प्रदेश सरकारले पनि सवारी साधन खरिद नर्गन ठाडो निर्देशन दिएको छ । तर केन्द्रीय अर्थ मन्त्रालय र प्रदेश सहकारी मन्त्रालयको निर्देशनलाई लत्याउदै कलैया उपमहानगरपालिकाले महोग गाडी खरिद गरेको हो ।
केही दिन पहिला मात्र नगरपालिका संघबाट नगर प्रमुख सहित उत्कृष्ट उपमहानगरपालिका घोषाण भएको यो कलैया नगरपालिकाले जनप्रतिनिधीहरुका लागि महागाँ गाडी खरिद गरेको छ ।