31.7 C
Kalaiya

Tuesday, April 29, 2025
31.7 C
Kalaiya
Tuesday, April 29, 2025

spot_img

बारा : एसइईमा मर्यादा विपरीत कार्य गर्ने दुई निरीक्षकलाई जिम्मेवारीबाट हटाउन निर्देशन

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया,१२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादा विपरीत कार्य गर्ने दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा मंगलवार बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको हो।

Advertisement

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा रहेको गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक बिधालय केन्द्रमा निरीक्षकका रूपमा खटिएका प्रमोद कुमार यादव र विष्णु आचार्यले परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले निरीक्षकको जिम्मेवारीबाट हटाउने निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताएका छन् ।

Advertisement

सो केन्द्रका दुबै निरीक्षकहरुलाई निरीक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिएको सहायक प्रजिअ भट्टराईले बताए।

Advertisement

आज परीक्षार्थीहरुले विज्ञान विषयको परिक्षा दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर