जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ४ औराहा स्थित दुधौरा खोलामा टाउको राखि रतनपुरबाट बकुलिया लैजादै गरेको ६ बोरामा अन्दाजी १५० किलो अबैध लागुऔषध गाँजासहित बारा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ चक्री टोल बस्ने ४२ वर्षिय बुध्द घलान, जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ बस्ने ३६ वर्षिय नन्दकिशोर सहनी, त्यहिँका २८ वर्षिय बिर बहादुर डम्वा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १५ रातोमाटी बस्ने २७ वर्षिय सोमलाल पाख्रिन रहेका छन्।
ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक प्रदिप प्रसाद पाण्डेको कमाण्डमा खटिएको प्रहरीको टोली र लागुऔषध नियन्त्रण ब्युरो शाखा वीरगन्जबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।