21.4 C
Kalaiya

Thursday, October 30, 2025
spot_img
21.4 C
Kalaiya
Thursday, October 30, 2025

छोरीलाई जानकारी नदिन भन्दै पटक पटक बलात्कार गरिरहेका थिए महमद अनवर

spot_img
spot_img

वीरगन्ज, १३ चैत। पर्सामा बुवाले आफ्नै छोरीको साथीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

Advertisement

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर घर भई वडा नम्बर १३ मुर्लीमा बस्दै आएका शेख अब्दुल मतिनका छोरा ५२ वर्षिय शेख महमद अनवरले कक्षा ११ मा अध्ययनरत अन्दाजी १७ वर्षिय “बेलवा प” (सांकेतिक नाम) लाई बलात्कार गरेको र पीडित ‘बेलवा प’ले दिएको उजुरीका आधारमा अनवरलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

Advertisement

साथीसँग भेट्न जाँदा भएको थियो बलात्कार

Advertisement

उजुरीअनुसार अनवरले ‘बेलवा प’ आफ्नो छोरीसँग घरमा भेट्न जाँदा र विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाएर पहिलो पटक जबरजस्ती करणी गरेका थिए। होसमा आएपछि पिडक अनवरले बेलवा पलाई “कसैलाई नभन्ने, नत्र मारि दिन्छु, तिम्रो फोटो खिचेको छु सोसल मिडियामा हाल्दिन्छु” जस्ता यातना दिएर मानसिक रुपमा कमजोर बनाएर ३/४ महिनादेखि पटक–पटक बलात्कार गरिरहेका थिए ।

यस्तै उनले आफ्नो छोरालाई पनि जानकारी नदिन भने र छोरी तथा परिवारका सदस्य घरमा नहुँदा बेलवा पलाई बोलाएर बलात्कार गर्ने गर्थे। बेलवा प केही दिनपछि आफ्नो घर जाँदा बान्ता भएपछि परिवारका सदस्यले सोधेपछि उनले घटनाको बृतान्त सुनाएपछि परिवारका सदस्यहरुले जाहेरी दर्ता गरेका हुन्।

पीडित किशोरी ‘बेलवा प’को मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि पनि भएको छ । उनले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको बयान दिपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी अनवरलाइ पक्राउ गरेको हो ।

प्रहरीले पीडित किशोरीलाई तत्काल संरक्षणमा राख्दै उनको स्वास्थ्य परीक्षणपछि आवश्यक कानूनी तथा मानसिक परामर्श प्रदान गरिरहेको जनाएकाे छ ।

प्रहरीले आरोपीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!