कलैया, १४ चैत । रौतहटमा एसईई परिक्षामा प्रशिक्षार्थीहरुबाट आज एकै दिन ३ सय भन्दा बढि मोबाईल र ७ वटा स्मार्ट वाच बरामद भएको छ ।
रौतहटको विभिन्न एसईई परिक्षा केन्द्रहरुमा चिट चोर्न प्रयोजनको लागि प्रशिक्षार्थीहरुले मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेकोमा चेकजाँचको क्रममा ३ सय ४१ मोबाईल र ७ वटा स्मार्ट वाच बरामद भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थितमा रहेको श्री शुभलाल माध्यमिक बिधालय सन्तपुर परिक्षा केन्द्रको बाहिरबाट व्हाट्सएपको प्रयोग गरी अनलाईन मार्फत चिट चोर्न मद्दत गर्ने एक जनालाई समेत रौतहट प्रहरीले पक्राउ गरेको छ ।
उक्त चिट चोर्नमा मद्दत गर्ने कार्यमा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिएका छन् ।