28.5 C
Kalaiya

Sunday, July 6, 2025
28.5 C
Kalaiya
Sunday, July 6, 2025

spot_img

बाराको करैयामाई गाउँपालिकाले सार्वजनिक गर्यो गरीब घरपरिवारको तथ्याङ्क

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १५ चैत। बाराको करैयामाई गाउँपालिकाले गरीब घरपरिवारको तथ्याङ्क सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement

गाउँपालिकामा ८ वटा वडा रहेका छन । त्यि सबै वडाको गरीब घरपरिवारको तथ्याङ्क सार्वजनिक गरिएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोका अनुसार ९ सय ८६ जना गरीब घरपरिवारको बसोबास रहेको छ ।

Advertisement
Advertisement

गाउँपालिकाको वडा नम्बर १ मा १३५ जना गरीब घरपरिवारको बसोबास गर्ने गरेको पाइएको छ। त्यस्तै वडा नम्बर २ मा ७९ गरीब घरपरिवार, वडा नम्बर ३ मा ८० गरीब घर परिवार, वडा नम्बर ४ मा ८२ गरीब घरपरिवार, वडा नम्बर ५ मा १४५ गरीब घरपरिवार, वडा नम्बर ६ मा १३१ गरीब घरपरिवार, वडा नम्बर ७ मा २२४ गरीब घर परिवार, वडा नम्बर ८ मा २१० गरीब घरपरिवारको बसोबास रहेको छ।

भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा स्थानीय तहहरु संगको समन्वय र सहकार्यमा सञ्चालित गरीब परिवार तथा परिचय पत्र बितरण कार्यक्रम अन्तर्गत गरीब परिवारको पहिचानका लागि तथ्याङ्क सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर