30 C
Kalaiya

Wednesday, July 2, 2025
30 C
Kalaiya
Wednesday, July 2, 2025

spot_img

बारा: ‘…हस्पिटलमा बम राखिएको छ’ भन्दै फिरौती माग्ने एकजना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १५ चैत। जिल्ला प्रहरी कार्यालय बाराले धम्की दिई फिरौती माग गर्ने एकजना व्यक्तिलाई पक्राउ गरेको छ।

Advertisement
Advertisement

बाराको कलैया उपमहानगरपालिका वडा नंम्बर ५ घुसुकपुर बस्ने प्रेमलाल पाण्डेयको छोरा वर्ष ३० को डा. बिकेश कुमार पाण्डेयलाई चैत २ गतेदेखि धम्की पाएपछि उनले बारा प्रहरीलाई जानकारी दिएका थिए।

Advertisement
Advertisement

अज्ञात व्यक्तिले पटक पटक फोन गरी धम्क्याउने तथा ‘ऐ.प्लस हस्पिटलमा बम राखिएको छ’ र फिरौतीको लागि २० लाख मागिरहेका थिए।

पाण्डेले जानकारी गराए पश्चात अनुसन्धान गर्दै जाँदा धम्क्याउने तथा फिरौती माग्ने कार्यमा संलग्न रहेका कलैया उपमहानगपालिका वडा नं. ५ घुसुकपुरमा बस्ने भृगुनाथ मिश्रको छोरा वर्ष ४८ को मदन मिश्रलाई खटिएको प्रहरीको विशेष टोलीले सीमावर्ती बिहार राज्य मोतिहारी प्रहरीको सहयोगमा बाराको शिवपुर चिउटाहाबाट शुक्रबार १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर