Friday, July 3, 2026

पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणविरुद्ध बाराका पत्रकारहरुको प्रदर्शन

कलैया,१६ चैत  । एभिन्युज टेलिभिजनका स्व.पत्रकार सुरेश रजकलाई न्याय र सञ्चारगृहमाथीको ज्यादती विरुद्ध बाराका पत्रकारहरु सडकमा आएका छन् ।

नेपाल पत्रकार महासंघ बाराको अगुवाइमा शनिबार कलैयाको भरत चौकमा एभिन्युज टेलिभिजनका स्व.पत्रकार रजकलाई न्याय र सञ्चारगृहमाथीको ज्यादती विरुद्ध पत्रकारहरु सडकमा आएका हुन् ।

” पत्रकारमाथीको दमन बन्द गर,स्व.पत्रकार सुरेश रजकलाई न्याय देउ,हिंसात्मक आक्रमण बन्द गर,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम बन्द होस् र पत्रकारको सुरक्षा ग्यारेन्टी गर ” भन्दै र्‍याली निकालेका हुन्  ।

सो विरोध सभामा अग्रज पत्रकार उमेशलाल दास र नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठले मन्तव्य राखेका थिए ।

सो विरोध सभालाईभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

स्वतन्त्र रुपमा पत्रकारिता गर्ने पत्रकारहरुमाथी भौतिक आक्रमण गरि ज्यानै लिने सम्मको काम गर्नु निन्दनीय रहेको महा संघका केन्द्रिय सदस्य पासवानले भने ।

पत्रकार महासंघले कुनै पनि तानाशाही व्यवस्थालाई स्वीकार नगरेको इतिहास साक्षी रहेको बताउदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी कुनै हस्तक्षेप स्वीकार्य नहुने बताए ।

नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरब,सदस्य साजिर मंसुर,बाराका पुर्व अध्यक्ष कमल उपाध्याय,पुर्व उपाध्यक्ष राकेश पाण्डे,पुर्व सचीव जय नारायण यादव,काम समिति सदस्य प्रभु यादव,नरेश गुप्ता,नारायण पौडेल,प्रेस युनियनका केन्द्रिय अपसारा पुडासैनी,बारा शाखाका अध्यक्ष श्यामबाबु प्रसाद यादव,प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य अनिल बर्मा,प्रेस युनियन बाराका कार्य समिति सदस्य संदिप प्रसाद यादव लगायतको उपस्तिथि रहेको थियो ।

सो विरोध सभाको संचालन पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले गर्नु भएको थियोे ।

राजावादीहरूको आगजनीमा परी तीनकुनेमा शुक्रबार पत्रकार सुरेश रजकको मृत्यु भएको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर