कलैया, १७ चैत। चैत्र शुक्ल प्रतिपदा अर्थात आज आईतबारदेखि चैत्र नवरात्र सुरू भएको छ । हिन्दू धर्मावलम्वीहरु आश्विन र चैत्र गरी वर्षमा दुई पटक नवरात्रीमा देवी दुर्गाको विशेष पूजा गर्ने गर्दछन् ।
चैत्र शुल्क प्रतिपदाको दिनदेखि नवमीसम्म चैत्र नवरात्र कायम रहने छ । यस वर्ष आईतबारदेखि सुरू भएको नवरात्र चैत २४ गतेसम्म चल्ने छ ।
नेपालीहरु यो नवरात्रलाई चैते दशैंको रुपमा मनाउने गर्दछन् । बडादशैंमा झैं नै बुधबार शक्तिपीठहरूमा घटस्थापना गरेर नवरात्रका हरेक दिन शक्ति स्वरुपा दुर्गाका विभिन्न रूपहरूको पूजा गर्ने गरिन्छ ।
यी नौ दिनमा देवी दुर्गाका नौ रुप क्रमशः शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ ।
शक्तिपीठहरूमा पूजा गर्नुका साथै बलि दिने चलन पनि छ । नवरात्रीको अन्तिम दिन चैत २४ गते रामनवमी पर्व मनाइने छ । मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन रामनवमी मनाएसँगै चैत्र मासको नवरात्र सम्पन्न हुने गर्दछ ।