26.9 C
Kalaiya

Tuesday, April 22, 2025
26.9 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

आज २०८१ साल चैत १९ गते मंगलवार,यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

आजको राशिफल

मेष(Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : इच्छानुसारका काममा जोड दिइनेछ । कुनै कुराको आकस्मिक लाभ हुन सक्छ । समय आफूअनुकूल बन्दा धेरै कुरामा सहजता हुनेछ ।
वृष(Taurus) (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :कसैका कुरामा बढी गम्भीर नभएकै राम्रो होला । आफू सकेसम्म तटस्थ रहेकै उचित हुनेछ । आफैँले आफ्नो अनुकूलता मिलाएर चल्नुपर्नेछ ।
मिथुन(Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, ह) : समयानुसार सबै कुरा मिल्दै जानेछ । आर्थिक क्रियाकलापका काममा संलग्न रहनुपर्नेछ । कुनै कुरालाई लिएर कसैसित वार्ता हुन सक्छ ।
कर्कट(Cancer) ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :आत्मीयजनसितको भलाकुसारीले मनमा उत्साह बढ्नेछ । रोकिएको कामले गति लिन थाल्नेछ । समय आफूअनुकूल बन्दै जानेछ ।
सिंह(Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :नजानिँदो गरी कुनै कुराले यसै भुलाउला । हेलचेक्र्याइँका कारण अपजसको सामना गर्नुपर्ला । समयावस्था बुझी चल्नुपर्ने अवस्था छ ।
कन्या(Virgo)( टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :कुनै कुरामा यसै अलमलिँदा काममा ढिलाइ होला । आफैंले समयानुसार कामको विभाजन गर्नुहोला । नगरी नहुने कामलाई बेलैमा सक्नु उचित हुनेछ ।
तुला(Libra) (र, रि, रु, रे, रो, ता, ति, तु, ते ) :विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । कतै घुमघाम गर्ने मौका जुर्ला । समय परिस्थिति बुझी आफूलाई परिचालन गरिएला ।
वृश्चिक(Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : मनमा भएको तनाव हट्नेछ । प्रायःजसो सबै कुरा आफ्नै मातहतमा सम्पन्न हुनेछन् । व्यक्तिगत खुसी र कामका लागि केही समय छुट्याइनेछ ।
धनु(Sagittarius) ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : अनपेक्षित रुपमा मनमा तनाव हुन सक्छ । सकेसम्म मनको कुरालाई मनमै दबाउने प्रयत्न गरिनेछ । सकेसम्म आफ्नै सुझबुझले समस्याको समाधान गर्न खटिइनेछ ।
मकर(Capricorn) (भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) :अरुका कामकुरामा खासै वास्ता गरिने छैन । आफ्नै तरिकाले आफूलाई काममा अभ्यस्त बनाइनेछ । समयानुसार विचारेर कामको थन्कोमन्को गरिनेछ ।
कुम्भ(Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, द) : कुनै कुराले मन उत्साहित र दोधार दुवै हुन सक्छ । समयावस्था विचारेर आफ्ना कामका लागि समय निकालिनेछ । विभिन्न घरायसी सामानको किनमेल गरिएला ।
मीन(Pisces) ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : जता जाँदा पनि अपेक्षित माया र सद्भाव पाइनेछ । आफ्नै सुझबुझले काम गर्नु उचित हुनेछ । कुनै पनि कुरामा लगानी गर्नुअघि राम्ररी सोच्नुपर्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर