बारा, १९ चैत । सुनको मुल्य आज पनि बढेको छ ।
आज सुन १ हजार ८ सय रूपैयाँले बढेर १ लाख ७९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।