Thursday, June 25, 2026

सहकारी संस्थाहरु सेवामुखी हुनुपर्छ : मेयर साह

कलैया,२१ चैत  : कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साहले सहकारी संस्थाहरु सेवामुखी हुनुपर्ने बताएका छन्।

 

बाराको सदरमुकाम कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ६८ औं राष्ट्रिय सहकारी दिवसलाई बुधबार सम्बोधन गर्दै उपमहानगर प्रमुख साहले यस्तो बताएका हुन्।

 

कलैया उपमहानगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएको तीन वर्षे कार्यकालमा कुनै पनि सहकारीले युवा स्वरोजगार तथा सहयोगका लागि प्रस्ताव लिएर नआएको उनले बताए।

 

कलैया उपमहानगरपालिका र सहकारी बीच नङमासुको सम्बन्ध हुने नगर प्रमुख साहले बताएका छन्। कलैया उपमहानगरपालिकासंग सहकारी संस्थाहरुले समन्वय गर्न आग्रह गरेका छन्।

 

कलैया उपमहानगरपालिकाले प्रदान गरेको विभिन्न तालिका लिएका सहभागीहरुको व्यवसायलाई अझ अगाडि बढाउन ऋण लगाउन उनले आग्रह गरेका छन्।

 

सहकारीको मार्फतबाट समाजमा सुधारका कार्यहरु पनि भई रहेको हुदा गरिबहरुलाई बिना धितो ऋण दिई व्यवसाय गराएर उनीहरुलाई समृद्ध बनाउने काम सराहनीय रहेको उनले बताए।

 

कलैया उपमहानगरपालिकामा रहेका सहकारी संस्थाको संरक्षण एवम सम्वद्र्धन गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे। सहकारीको माध्यमबाट समाजको परिवर्तनको दिशामा बढन सहयोग मिलोस् उनले भने।

 

कार्यक्रममा पुनदेव रौनियार,कृषि ज्ञान केन्द्रका राजवन्सी चौरसिया साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी,राष्ट्रिय सहकारी बैंक कलैया शाखाका प्रमुख प्रमोद श्रेष्ठ, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह र जिल्ला बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर लगायतले सहकारीलाई सहकारी भावना अनुसार सञ्चालन गर्न आवश्यक रहेको बताए।

 

जिल्ला सहकारी संघका अध्क्ष उपेन्द्र प्रसाद जयसवालको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, बचतकर्ता, विभिन्न संघ संस्थाका प्रतिनिधि,कर्मचारी,संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

 

सो कार्यक्रममा सहकारी संघका केन्द्रिय प्रतिनिधि बिजय स्वर्णकारले स्वागत मन्तव्य राखे। कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले गरेका थिए।

 

यस अघि जिल्ला सहकारी संघबाट -याली निकालिएको थियो। नगर परिक्रमा पश्चात बारा उद्योग वाणिज्य संघको सभा हलमा कार्यक्रममा परिणत भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर