Sunday, August 9, 2026

प्रादेशिक अस्पताल कलैया : छात्रवृत्तिका करार चिकित्सकले पाएनन् तलब, ड्युटी बहिष्कार

कलैया, २१ चैत । प्रादेशिक अस्पताल कलैयामा कार्यरत छात्रवृत्ति करारका चिकित्सकहरू आन्दोलित बनेका छन् ।

चार महिना देखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रेका चिकित्सकहरुले आजदेखि अस्पतालको आकस्मिक बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेका हुन् । सेवाहरु बन्द गरेर चिकित्सकहरु आन्दोलित भएपछि उपचारको लागि कलैया अस्पतालमा आउने बिरामीहरु समस्यामा परेका छन् ।

नेपाल सरकारको छात्रवृति करारमा कलैया अस्पतालमा विशेषज्ञ चिकित्सक २ जना, मेडिकल अधिकृत ५ जना, नर्सिङ्ग अधिकृत ४ जना, डेन्टल अधिकृत १ जना र फार्मेसी अधिकृत १ जना गरी १३ जना कार्यरत रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर